
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले अदालतको फैसला सुसूचित गरेर सरकारले सन्दीप लामिछानेको भिसाका लागि पहल गर्नुपर्ने भए पनि त्यसो नभएको बताएका छन्।
‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रन हुन्न हामी कयौंले भन्यौं, तर अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्थ्यो,’ प्रतिनिधि सभाको बिहीबारको बैठकमा शर्माले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो।’
यसमा कमजोरी कहाँ रहेको हो भन्दै उनले खेलकुदमन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउन चाहेको पनि बताएका छन्।
लामिछानेलाई अमेरिकाले दुई पटक अन्तर्वार्ता लिए पनि भिसा दिन अस्वीकार गरेको थियो।