न्यूरोडमा बालेनले ठिक गरेका थिए : विश्वप्रकाश शर्मा

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको न्यूरोडको सडक बढाउने काममा समर्थन जनाएको छ । बालेनसँग एमालेको टकराब बढेपछि काम रोकिएको अवस्थामा कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले समर्थन जनाएका हुन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘न्यूरोडमा नागरिकको सुविधाका लागि सडक पेटी बढाउन जरुरी थियो, बालेनले जे गरेका थिए, ठिक गरेका थिए। उनलाई त्यहाँ काम गर्न दिनुपर्छ, संघले कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुराबाट संघ फिर्ता हुनुपर्छ ।’

संघ र स्थानीय तहको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्ने तर्क गरे। उनले अगाडि भने, ‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्‍यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि । त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भन्दा हुन्छ नि । तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस् । जेल बसेका नेताहरूलाई सम्मान राखेर बोल्नुस्, तपाईंको शैली बदल्नुस्। तर आफै सुरिनुभयो बोल्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार