बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री बन्दै

२०८१ जेष्ठ २४, बिहीबार

काठमाडाैं : जनमत पार्टीले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने भएको छ । सतिश सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । लोसपा बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् । सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सोही पार्टीबाट उनी ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा भिडेका उनले याे पटक भने पराजित व्यहोरे । त्यसपछि उनले लोसपामा भविष्य देखेनन् । र, प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर चुनावी मैदानमा उत्रेका उनी निर्वाचित हुन सफल भए । प्रदेश सदस्यमा निर्वाचित भएका उनी अब मधेश प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार