नेपाल युएईसँग ४-० ले पराजित

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौं : फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।

घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स मोहम्मद विन फहद स्टेडियमा भएको खेलमा युएईले दुवै हाफमा २-२ गोल गर्‍यो । नेपालले समूह्य एचमा लगातार पाँच हार बेहोरेको हो । अहिलेसम्म नेपालले एक गोल पनि गर्न सकेको छैन । यसअघि युएई विरुद्ध अवे मैदानमा पनि नेपाल ४-० ले नै पराजित भएको थियो ।

युएईका हरिब अबदल्ला सुहेल अल माज्मीले दुई मिनेटमा दुई गोल गर्दै सुरुमै युएईलाई २-० को अग्रता दिलाएका थिए । उनले खेलको १२औं मिनेटमा अबदुल्लाह इद्रिसको क्रसमा हेड मार्फत पहिलो गोल गरेका थिए । यस्तै १४औं मिनेटमा अली सालेह अमरोले मिलाएको पासलाई अबदलल्ले बक्स भित्र कन्ट्रोल गर्दै एक खेलाडीलाई छलाउँदै दोस्रो गोल गरे ।

यूएईका लागि तेस्रो गोल ५३औँ मिनेटमा अली सालेहले गरेका थिए । हाजिम मोहम्मद अब्दुल्लाह अब्बासले ७५ औँ मिनेटमा यूएईका लागि चौथो गोल गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार