जेठ : दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन् ।
जिल्लाको तुलसीपुर उपहानगरपालिका वडा नम्बर ६ लुङ्ग्री टोलमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले श्रीमती २७ वर्षीया टीका बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार बिहान बुढाथोकीले श्रीमतीको हत्यापछि सोही खुकुरी लिएर फरार भएको हुँदा खोजी कार्य जारी रहेको प्रहरी जनाएको छ ।










