
काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार लुकाउन अनुरोध गरेको आरोप लगाएका छन्।
शुक्रबार बिहान भिडिओ सन्देश जारी गर्दै सम्भवले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेखेपछि त्यो नलेख्नु भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले अनुरोध गरेको दाबी गरेका हुन्।
त्यही रिसमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्षसमेत रहेका आफ्ना बुवा कैलाश सिरोहियालाई ‘झुटो आरोप’मा पक्राउ गराएको दाबी उनले गरेका छन्।
‘…रास्वपाका रवि लामिछानेज्यू जो गृहमन्त्री छन्। उहाँको सहकारीको ठगी जनताको माझमा ल्याउने क्रममा उहाँले धेरै अनुरोध गर्नुभयो, यो समाचार लुकाइदिनको लागि, मिलाइदिनका लागि’, उनले भनेका छन्, ‘उहाँले पहिला आफूले गरेको पत्रकारिताजस्तो सोच्नुभयो। सेटिङ गरेर समाचार बन्छ। वा लुक्छ जस्तो सोच्नुभयो। उहाँलाई कति अनुरोध गरियो। व्यवस्थापनले समाचार लेख्दैन। सम्पादकीय स्वतन्त्रता छ। उहाँले त्यो बुझ्दै बुझ्नुभएन। गृहमन्त्रीको अनुरोधमा कान्तिपुरले सेटिङ नगरेको भएर उहाँ फेरि तल्लो स्तरमा ओर्लनुभयो। उहाँले आफ्नो शक्ति दुरुपयोग गर्दै झुटो केस लगाएर कान्तिपुरका अध्यक्ष मेरो बुवा कैलाश सिरोहियालाई पक्राउ गर्नुभयो।’
उनले अन्य पनि धेरै कुरा बोलेका छन्।
थप कुरा यो भिडिओमा सुन्नुहोस्-
My statement. pic.twitter.com/i23oyIVidn
— SambhavSwarSirohiya (@swarsirohiya) June 7, 2024