मुख्यमन्त्री नबनाउन मविरुद्ध राम्रैसँग चलखेल भयो : महेश यादव

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौँ : जनमत पार्टीको मधेस प्रदेश संसदीय दलका नेता महेश यादवले पार्टीभित्र आफूविरुद्ध चलखेल भएको गुनासो गरेका छन्। आफू संसदीय दलको नेता हुँदाहुँदै पार्टी नेतृत्त्वले सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेकोप्रति यादवले घुमाउराे ढंगले असन्तुष्टि जनाएका हुन्।

‘पार्टीले गरेको निर्णयमा मेरो धेरै आपत्ति त केही छैन। निर्णयमा मेरो सहमति नै छ। सर्वसहमतिकै आधारमा यो निर्णय भएकाे हो। ‘तर, संसदीय दलको नेता म हुँदाहुँदै मुख्यमन्त्री अरुलाई बनाउने निर्णय भयो। यो निर्णय हुँदा चलखेल राम्रैसँग भएको छ।’

यादव सप्तरी २ (ख) बाट निर्वाचित सांसद हुन्। मधेस प्रदेशमा मुख्यमन्त्रीमा दावी पेस गर्ने जनमतका सिंह पनि सप्तरी २ (क)बाट निर्वाचित सांसद हुन्। यादव लामो राजनीतिक व्यकराउन्ड भएका नेता हुन्। सिंह भने व्यवसाय छाडेर ९ वर्षअघि मात्रै पार्टी राजनीतिमा लागेका नेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार