काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १ हजार रूपैयाँले बढेको छ। बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १८ सय ५० रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १९ सय रूपैयाँ कायम भएको छ ।










