कालो भिरको पहिरो पन्छाएपछि यातायात सञ्चालन सहज

२०८१ जेष्ठ २५, शुक्रबार

सुलीकोट : उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा गएको सुख्खा पहिरो नेपाली सेनाले पन्छाएर आवतजावतमा सहज बनाएको छ ।

बिहीबार बिहान करिब ६: ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको  धार्चे गाउँपालिका – १ कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा सवारी साधन तथा उत्तरी भेगमा पुग्नुपर्ने नागरिकहरू बिच बाटोमा रोकिनुपर्ने अवस्था आएको थियो । त्यस क्षेत्रमा माथिबाट आएको पहिरोले सडकमा ठुला ठुला ढुङ्गा र माटोले सडक ढाकिएको थियो ।  पहिरोलाई नेपाली सेनाको टोलीले १२ घण्टापछि पन्छाएर सवारी साधनलाई सहज बनाएको छ । नेपाली सेनाको टोलीले पहिरो पन्छाउन मेसिन प्रयोग गरी हटाएको स्थानीयबासी छयाङ लामाले  बताए ।

त्यस पहिरोले ७ मिटर बाटो अवरुद्ध भएको थियो । पहिरो ४० मिटर माथिबाट खसेर अवरुद्ध भएको सडक  बिहीबार बेलुका नेपाली सेनाले पहिरो हटाएता पनि सवारी साधन शुक्रवार बिहानबाट आवतजावत हुन थालेको स्थानीय छयाङ लामाको भनाइ छ । त्यस क्षेत्रबाट आवतजावत गर्ने सवारी साधन तथा सर्वसाधारण बिहानबाट रोकिएर नागरिकहरू गन्तव्यतर्फ अघि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार