मधेसमा जनमतका सतिश सिंह मुख्यमन्त्री नियुक्त

२०८१ जेष्ठ २५, शुक्रबार

जनकपुर : जनमत पार्टीका सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त भएका छन्।

६ दलका ५५ सांसदको समर्थनसहितको दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नवनियुक्त मुख्यमन्त्री सिंहले आज मध्यान्ह १२ बजे शपथ लिन तयारी छ। मधेश भवनस्थित कभर्ड हलमा नवनियुक्त मुख्यमन्त्री  र मन्त्रीहरुको शपथग्रहण समारोह राखिएको छ।

जनमत, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सिंहले शुक्राबार बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थि‍ए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार