सुमनालक्षित अभिव्यक्तिमा ओलीको प्रष्टीकरण- त्यो कसैसँग सम्बन्धित छैन

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दिएको अभिव्यक्ति शिक्षा मन्त्री सुमना श्रेष्ठसँग सम्बन्धित नभएको प्रष्टीकरण दिएका छन्।

केही समयअघि विदेशीसँग विवाह गरेर नेपाल घुम्न आउँदा मन्त्री बनेको भन्ने ओलीले अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि मन्त्री श्रेष्ठले पनि त्यसको प्रतिवाद गरेकी थिइन्। तर, ओलीले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई कुरा गर्दै आफूलाई त्यसमा जोड्नुको अर्थ नहुने बनाए।

त्यसबारे उनले भने, ‘त्यो कसैसँग सम्बन्धित छैन, संयोगले कसैसँग कुनै नाम मिले जस्तो, ठेगाना मिलेजस्तो पनि लाग्दैन मलाई, त्यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार