जग्गाको अभिलेख अद्यावधिक गर्न पुनःनापी आवश्यक : मन्त्री अधिकारी

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले देशभर रहेका जग्गाको अभिलेख अद्यावधिक गर्न पुनःनापी आवश्यक भएको जानकारी दिनुभएकोे छ । उनिले भने , “भूमिसम्बन्धी परापूर्वकालदेखिका कतिपय अभिलेख धमिराले खाएको छ, यसलाई व्यवस्थित गर्न सकिएको छैन । गलत प्रक्रियाबाट भूमिसम्बन्धी काम भएको हुँदा केही जग्गा कारोबारको अभिलेख नै भेटिएको छैन, यसकारण देशभर पुनःनापी गर्न जरुरी छ ।”

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनिले देशभर रहेका सरकारी, सार्वजनिक, सामुदायिक, निजी तथा गुठीको जग्गाको अभिलेख अद्यावधि गर्न पुनः नापी आवश्यक रहेकामा जोड दिए । पचासौँ वर्षदेखि बसोबास गरिरहेका नागरिक अझै पनि लालपूर्जाविहीन बनेको दृष्टान्त पेस गर्दै उनिले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकता दिइनुपर्ने बताए ।

मुलुकका सबै स्थानमा गुठीको जग्गा रहेको र गुठी सञ्चालनका प्रक्रिया फरकफरक हुँदा समस्या पैदा भएको मन्त्री अधिकारीको भनाइ छ । “प्रत्येक स्थानीय तहमा गुठी छ, यसको सञ्चालन प्रक्रिया बेग्लाबेग्लै छ । गुठीसम्बन्धी एकीकृत कानुन निर्माणको आवश्यकता छ, यसका लागि समितिले सरकारलाई सहयोग गर्नुपर्छ”, उनिले  भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार