काठमाडौं : बाल यौन शोषण मुद्दामा पुर्पक्षका लागि महोत्तरी कारागारमा रहेको तपस्वी रामबहादुर बम्जनको मुद्दामा सर्लाही जिल्ला अदालतले पीडित बालिकाकाे सक्कल जन्मदर्ता झिकाउन आदेश दिएको छ।
शुक्रबार जिल्ला अदालतका न्यायाधीश विनोद गौतमको एकल इजलासले पीडित बालिका जन्मदर्ताको सक्कलै प्रमाणपत्र पेश गर्न आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।










