एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

२०८१ जेष्ठ २५, शुक्रबार

काठमाडौँ : नेकपा एमाले नुवाकोट जिल्लाको आठौँ जिल्ला अधिवेशनले बद्री मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनमा मैनालीले ३४५ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी बुद्धिबहादुर प्रधानले २३७ मत मात्र पाएका छन् ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार माधवप्रसाद तिवारीले १० मत मात्र पाएका छन् । त्यसैगरी उपाध्यक्ष राजनरमण निर्वाचित भएका छन् । उनले ३४७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुदर्शन नेपालले २४५ मत मात्र पाएका छन् ।

सचिवमा नीलकण्ठ आचार्य, उपसचिवमा वीरबल तामाङ, महिला उपसचिवमा मंगलमाया प्रजापति निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार