रामको जन्म माडीको अयोध्यापुरीमै भएको हो : केपी ओली

२०८१ जेष्ठ २५, शुक्रबार

चितवन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको बताएका छन्।

नेकपा (एमाले) चितवनको नयाँ कार्यसमितिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आएका ओलीले रामको जन्म चितवन भएको दोहोर्‍याएका हुन्। ‘अहिले पनि ठानिरहेका छौं, रामको जन्म यही चितवनको माडी हो’, उनले भने, ‘शास्त्रले जिन्ते गरी भनेको छ, मैले भनेको होइन। रामायणमा प्रशस्त प्रमाण भेटिन्छन्।’

२०७ औं भानु जयन्तीको अवसरमा २०७७ असार २९ मा ओलीको यो अभिव्यक्ति राष्ट्रिय बहसकै विषय बनेको थियो। चितवन आएका ओलीले विभिन्न किम्वदन्तीमा उल्लेख गरेको समेत बताए।

‘रामले अश्वमेध यज्ञका लागि छाडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते। फैजावादवाला अयोध्याबाट छाड्दा त दिल्लीतिर पो जान्छ त कहाँ यहाँ वाल्मीकि आश्रममा ? वाल्मीकि आश्रम त्यति छिटो त्यो घोडा आइ पनि पुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन्। पश्चिमतिर गयो, पश्चिमतिरै समातियो वाल्मीकि आश्रममा। लवकुशले समाते। छिटै संवाद भयो। लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो। त्यो घोडा छोडाउनका लागि त्यहाँ खबर गर्दा उनीहरूले अलिकति तेजस्वी, ओजस्वीजस्तो कुरा गरे’, उनले भने।

उनले वाल्मीकि आश्रम, सीता अन्तध्र्यान भएको देवघाट आदि ठाउँमा यहाँका नदीनालाका नाममा यहाँको स्थान यी सबै कुरालाई अध्ययन गर्दै राम जन्मभूमि अयोध्यापुरी भएको निष्कर्ष निकालेको समेत बताए। राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले दुवैलाई देवघाटसमेत बोलाएको बताए।

‘राम र सीतालाई मिलाउनका लागि वाल्मीकिले, सीता भएका ठाउँमा राम जान तयार नभएका र सीता आफूलाई निकालिएको घरमा गएर वार्ता गर्न तयार नभएको अवस्थामा एउटा बिचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि स्थल देवघाटलाई छानेर वाल्मीकिले म सीतालाई लिएर आउँछु, राम अयोध्याबाट देवघाटमा आऊ भने। बाँकी रामलाई देवघाटमा बोलाउने कुनै अर्थ हुँदैनथ्यो। यहींका रामलाई त्यहाँ देवघाटमा बोलाएको हो’,उनले भने। ओलीले रामको जन्म र त्यसताकाको पृष्ठभूमिका बारेमा लामो स्पष्टीकरण दिएका थिए।

‘वीरगञ्जभन्दा पश्चिम, वालम्किीबाट पूर्व,  ठोरीको आसपास, यहींनेर पर्छ, जहाँ अयोध्या भनिन्छ, जहाँ विभिन्न अयोध्या, त्रेतायुगसँग सम्बन्धित, दशरथ रामको समयसँग सम्बन्धी अनेक कुरा यहाँ उपलब्ध छन्। शास्त्रमा वर्णन गरेका कुरा विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर रामलाई शिक्षादीक्षा दिए भन्ने कुरा, त्यसले पश्चिमतिर आएर शिक्षादीक्षा दिएर, त्यो पश्चिम कता हुनुपर्छ?’ आफैं प्रश्न गर्दै ओलीले भने, ‘शास्त्रमा रामको जन्म नेपाल हो भन्ने प्रमाण प्रशस्त उल्लेख गरिएको छ।’

रामको जन्मभूमि र अयोध्याको विवाद भारतमा नौलो होइन, तर यहाँ नेपालीले रामको जन्मभूमि भारतकै उत्तर प्रदेशमा रहेको अयोध्यालाई मान्दै आएका छन्, तर आलीले माडीमा मन्दिर बनाएर लगाएर कोरोना महामारीका बीच ठूलो तामझामसहित काठमाडौंबाट मूर्ति चितवनसमेत ल्याएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार