कारको ठक्करबाट साइकलयात्रीको मृत्यु

२०८१ जेष्ठ २५, शुक्रबार

उर्लाबारी : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी –७ मा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

बिहीबार राति ९ः४० बजेतिर पश्चिमबाट पूर्व जाँदैगरेको मोरङको पथरीशनिश्चरे ५ का ७० वर्षीय साइकलयात्री बन्दु चौधरीलाई कारले  ठक्कर दिदाँ चौधरीको घटनास्थलमै मृत्यु भएको हो । कानेपोखरी प्रहरी चौकीका इन्चार्ज गुणराज पोख्रेलका अनुसार बेलबारीबाट पथरीतर्फ आउँदै गरेको मे १ च ३३६६ नम्बरको कारले निर्माणाधीन राजमार्गमा पछाडिबाट ठक्कर दिएको थियो । चौधरीको शव पोष्टमार्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा लगिएपछि परिवारका सदस्यले शवको जिम्मा लिएका छन् ।

इलाका प्रहरी कार्याल पथरीले कार र चालक झापाको मेचीनगर नगरपालिका –१० बस्ने अन्दाजी ३० वर्षीय विजयकुमार शाहलाई नियन्त्रणमा लिएको छ । कार तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार