भैँसीको ढाडमा लात्तीले हानेँ भनेर झिँगा दङ्ग परेको हुन्छ : केपी ओली

२०८१ जेष्ठ २५, शुक्रबार

चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरका मेयर बालेनलगायत कसैसँग अनावश्यक विवादमा पर्नै नचाहेको बताएका छन् ।

बालेनको नामै नलिई ओलीले भैँसीको ढाडमा लात्ती हानेर झिँगा दङ्ग पर्ने गरेको उनले टिप्पणी गरे । चितवनको भरतपुरमा शुक्रबार पत्रकारहरूले सोधेको एक प्रश्नको जवाफमा ओलीले आफू परिपक्व र सभ्य राजनीतिको पक्षमा रहेको बताएका हुन् ।‘ भैँसीको ढाडमा झिँगा बस्यो कि के बस्यो थाहा पाएको हुँदैन, झिँगा दङ्ग परेको हुन्छ ४ लात हाने यसपल्ट भनेर । म कसैसँग अनावश्यक विवादमा पर्न चाहिन्न, राष्ट्रिय राजनीतिलाई जिम्मेवार परिपक्व र सभ्य बनाउनुपर्छ । राजनीतिलाई असभ्य बनाउनु हुँदैन,’ ओलीले भने ।​

गिरीबन्धु टी स्टेटको जग्गा सम्बन्धमा मन्त्रिपरिषद्‌बाट नीतिगत निर्णय गराएको भन्दै मेयर बालेनले ओलीविरुद्ध आक्रोश पोखेका थिए । त्यसपछि एमाले नेताहरूले बालेनविरुद्ध अभिव्यक्ति दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार