माछा मार्नेक्रममा ग्रिनेट बम फेला

२०८१ जेष्ठ २६, शनिबार

प्यूठान : प्युठानको मान्डबि गाउँपालिका तीन लामाचौर स्याउलिघारीनजिक ग्रिनेट बम फेला परेको छ। माडि खोलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो।

माछा मार्न गएका १५ वर्षीय शेखर पुन मगरले  खेलौना मानि झुन्डाउँदै गाउँतिर लगेको देखेपछि गाउँलेहरुले संकास्पद मानी प्रहरीलाई खबर गर्दा उक्त बस्तु बिस्फोटक प्रदार्थ ग्रिनेट बम रहेको अस्थाई  प्रहरी पोष्ट लामाचौरका  प्रहरी साहेक निरीक्षक बलमान रानाले जानकारी दिए। ग्रिनेट स्याउलिघारी गाउँको बाटोमा राखिएको थियो । नेपाली सेना घटनास्थलमा पुगि उक्त ग्रिनेट नेपाली सेनाले नियन्त्रणमा लिएको छ ।

ग्रिनेट जेठ २६ गते डिस्पोजल गरिने श्री बर्द्र बहादुर गण प्युठानका गणपति रमेश थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार