जुम्ल्याहा छोरासहित आमा बेपत्ता

२०८१ जेष्ठ २६, शनिबार

रुकुमपश्चिम : रुकुमपश्चिमबाट सात वर्षका जुम्ल्याहा छोरासहित एक महिला बेपत्ता भएका छन्। जिल्लाको बाँफिकोट गाउँपालिका–८ निवासी २४ वर्षीया अंकीता केसी नाथ जुम्ल्याहा छोरा कुशल र किस्मत नाथसहित बेपत्ता भएका हुन्।

सात वर्षका जुम्ल्याहा छोरासहित अंकीता गत जेठ १३ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार घरबाट जिल्ला अस्पताल सल्लेमा चेकजाँचका लागि भन्दै हिँडेकी खत्री हालसम्म परिवारको सम्पर्कमा नआएपछि खोजी कार्यका लागि निवेदन प्राप्त भएको छ।

खत्रीका ससुरा बुबा हरिबहादुर नाथले बुहारी र नातिहरूको खोजीकार्यको मागसहित प्रहरीमा निवेदन दिएका हुन्। बेपत्ता खत्रीका श्रीमान् वैदेशिक रोजगारीको लागि देश बाहिर थिए। श्रीमती र छोरा बेपत्ता भएको खबरपछि उनीपनि नेपाल फर्किएका छन्। प्रहरी निरीक्षक शाहीले सबैतिर हुलिया परिपत्र गरिएको बताए।

घरपरिवारबाट सम्पर्कविहीन आमा छोरालाई देख्ने वा भेट्नले नजिकैको प्रहरी चौकी वा आफन्तलाई सम्पर्क गरिदिन अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार