हङकङमा पानीको पाइप फुट्दा सडक अवरुद्ध

२०८१ जेष्ठ २७, आईतवार

हङकङ : हङकङमा आइतबार बिहान पानीको फुट्दा लङचेङ रोडको केही भाग बन्द भएको छ। बिहान करिब ३ बजे पिङसेक स्टेट नजिकै लङ चेङ रोडमा पानीको पाइप फुटेको र सवारी आवागमनमा असर परेको प्रहरीले जानकारी दिएको छ। पिङसेक स्टेट नजिकै क्वाइ चुङतर्फ जाने लङचेङ रोड फ्लाइओभरका दुई वटा ट्राफिक लेन अस्थायी रूपमा बन्द भएका हुन्।

पानीको पाइप फुटेको सम्बन्धमा पानी आपूर्ति विभाग (डब्लूएसडी)ले पनि पुष्टि गरेको छ। घटनास्थलमा ७५० एमएमको पानी (फ्रेस वाटर) आपूर्तिको पाइप रहेको र त्यहाँ कर्मचारी पठाइएको सामाजिक सञ्जालमामार्फत विभागले जानकारी दिएको छ। जसबाट फुटेको पाइप खानेपानीको हुनसक्ने अनुमान लगाउन सकिन्छ।

पाइप फुटे पनि प्रयोगकर्ताकहाँ आपूर्ति प्रभावित नभएको पनि विभागले स्पष्ट पारेको छ। यस्तै, आपत्कालीन मर्मत कार्य गर्न हरसम्भव प्रयास गरिरहेको र ट्राफिकमा पर्ने असरलाई कम गर्न दिउँसोसम्म कुनै एक लेन खोल्ने प्रयास गरिरहेको बताएको छ। त्यसैगरी, मर्मतस्थलमा खटिएका मजदुरहरूसँग कामको अवस्थाबारे बुझ्दा दिउँसोसम्म एउटा लेन खुल्न सक्ने आशा व्यक्त गरे। (द स्ट्यान्डर्डबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार