ओलीले एमाले जोगाउन संसद विघटन गरे, प्रधानमन्त्री जोगाउन पार्टी फुटाए : घनश्याम भुसाल

२०८१ जेष्ठ २७, आईतवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संसद विघटन गरेर आफूले नेकपा एमाले जोगाएको भनी दिएको अभिव्यक्ति सामान्य नरहेको टिप्पणी गरेका छन् । समाजवादबारे नेकपा एसको कार्यक्रममा बोल्दै महासचिव भुसालले पार्टी जोगाउन संसद विघटन गर्ने र प्रधानमन्त्री जोगाउन पार्टी विघटन गर्ने असामान्य काम ओलीले गरेको बताए ।

भुसालले भने- एकजना कम्युनिस्ट पार्टीका नेताले हिजोमात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।

महासचिव भुसालले नवौँ महाधिवेशनबाट नीति आफूहरूको पारित भए पनि नेतृत्वमा केपी ओली आएपछि पार्टी विघटनमा गएको दाबी समेत गरे । त्यसमा वामदेव गौतमको दोष रहेको समेत भुसालको आरोप छ । नीति आफूहरूको मानेर नेता चाहिँ ओलीलाई बनाउन बामदेव हिँडेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार