पाकिस्तानलाई ६ रनले पराजित गर्दै भारत विजयी

२०८१ जेष्ठ २८, सोमबार

काठमाडौं :आइसीसी टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हराएको छ। आइतबार राति भएको रोमाञ्चक खेलमा भारतले पाकिस्तानलाई ६ रनले हराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको भारतले जितका लागि दिएको १२० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११३ रन मात्र बनाएको हो। पाकिस्तानका लागि मोहम्मद रिजावनले सर्वाधिक ३१ रन, इमाद वसिमले १५ रन, कप्तान बाबर आजम, उसमान खान र फखर जमानले १३/१३ रनको योगदान दिए।

भारतका लागि जसप्रित बुमराहले ३ विकेट, हार्दिक पाण्ड्याले २ विकेट, अर्शदीप सिंह र अक्षर पटेलले १/१ विकेट लिए। भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै ११९ रन जोडेको थियो। भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रन, अक्षर पटेलले २० रन र कप्तान रोहित शर्माले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले ३/३ विकेट, मोहम्मद आमिरले २ विकेट र शाहिन शाह अफ्रिदीले १ विकेट लिए।  समूह एमा रहेको भारतको यो लगातार दोस्रो जित हो भने पाकिस्तानको लगातार दोस्रो हार हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार