संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

‘म सन् २००६ मा अमेरिकाको कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने, घुम्ने वा पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ,’ सांसद बजगाईंले भने,‘त्यहाँ डेमोक््रयाटहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्, रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ।

लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा जाँदा पनि त्यहाँ पनि बार देखेको अनुभव उनले सुनाए । यद्यपि त्यसको लिमिटेसन भने हुने उनले बताए। ‘अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहे ।यो पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ,’ सांसद् बजगाईंले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार