राप्रपाका ४ वटा विभागका प्रमुखको जिम्मेवारी हेरफेर

२०८१ जेष्ठ ३२, शुक्रबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ४ वटा विभागका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन्।

अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, संयोजित संगठन समन्वय विभाग, सम्पर्क समाज समन्वय विभाग र युवा विभागका प्रमुखहध हेरफेरि गरिएको हो। अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा रहने निर्णय भएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए।

त्यस्तै, संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सह–महामन्त्री धन बहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाल रहनेगरी अध्यक्ष लिङ्देनले जिम्मेवारी तोकेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार