गोली लागेर घाइते भएका क्याम्पस प्रमुख कुशवाहको मृत्यु

२०८१ जेष्ठ ३२, शुक्रबार

बारा : रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहारबाट मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका नायब प्रहरी उपरीक्षक दीपक भारतीले बताए । बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।

घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0

ताजा समाचार