पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु

२०८१ असार २, आईतवार

काठमाडौँ : भारतको उत्तराखण्डमा पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

दिल्लीको नोयडाबाट उत्तराखण्ड तर्फ जादै गरेको पर्यटक सवार ट्राभलर गाडी राजमार्गबाट अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

घटना पछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार