बढ्यो सुनको मूल्य

२०८१ असार २, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १६ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १६ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले बढेर १८ सय २० रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार