सिटिजन लाइफको नायब प्रमुख कार्यकारीमा दिप बहादुर बिसी

२०८१ असार २, आईतवार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी (डीसीईओ)मा दीपबहादुर बिसी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।

पदोन्नती अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् । उनीसँग लेखा परिक्षण, लेखा, वित्तीय व्यवस्थापन, रणनीतिक व्यवसायीक योजना र जीवन बीमाका विभिन्न पक्षका सम्बन्धमा डेढ दशक भन्दा लामो समयको अनुभव रहेको कम्पनीले जानकारी दिएको छ ।

सिटिजन लाइफमा काम गर्नु अघि उनी प्राइम लाइफ इन्स्योरेन्स, टिबिआइ ग्रुपलगायतका संस्थामा लेखा तथा वित्त विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार