ताप्लेजुङमा लेदो सहितको बाढीले पिकअप भ्यान बगायो

२०८१ असार २, आईतवार

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं-९ स्थित हिरेवा खोलामा लेदो सहितको बाढीले एक पिकअप भ्यान बगाएको छ।

मे १ ज २५७९ नम्बरको भ्यान मित्लुङबाट ताप्लेजुङ सदरमुकामतर्फ आउँदै थियो। यसै क्रममा, लेदो सहितको बाढीले भ्यानलाई करिब १५ मिटर तलसम्म बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिए।

उनका अनुसार भ्यान आफैं स्टार्ट बन्द भई अघि नसेको अवस्थामा माथिबाट आएको लेदो सहितको बाढीले बगाएको थियो। सवारी चालक राजकुमार पौडेलसहितका सबै व्यक्ति सुरक्षित रहेको पनि प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार