काठमाडौँ : बंगलादेशविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् ।
नेपालले ४.२ ओभरमा ३ विकेटको क्षतिमा २० रन बनाएको छ । बंगलादेशले नेपालसामु १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह डीको अन्तिम खेलमा बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ६ रन बनाएको हो ।