६ किलो सुनसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

२०८१ असार ३, सोमबार

काठमाडौं : त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीम जोडिएका एक चिनियाँ नागरिक काठमाडौंको कपनबाट ६ किलो सुनसहित पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले ती नागरिकलाई कपनबाट पक्राउ गरेको हो। पक्राउ परेका नागरिकको पहिचान खुलाइएको छैन। सुनको परीक्षण हुन बाँकी रहेको र ती नागरिकबाट अन्य तथ्य पनि खुल्न बाँकी रहेकाले पहिचान गोप्य राखिएको सिआइबीले जनाएको छ।

सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धान गर्ने क्रममा चिनिया नागरिकसम्म सिआइबी पुगेको हो। गत वर्ष २ साउनमा राजस्व अनुसन्धान विभागले ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको ६० केजी सात सय ग्राम सुन बरामद गर्दा सिआइबीले कुशलतापूर्वक अनुसन्धान गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार