तनहुँ : तनहुँमा जङ्गली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् । आँबखैरेनी गाउँपालिका–६ हिले खर्कका बिरामी भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारीले दिए ।
सो ठाउँ निवासी वर्ष ५४ को डिल बहादुर गुरुङले नजिकै रहेको जङ्गलबाट ल्याएको च्याउ आफ्नो परिवार तथा छिमेकीले खाँदा बिरामी परेको उहाँले जानकारी दिए । प्रनाउ रायका अनुसार बिरामी भएकाहरू मध्ये नयाँ मेडिकल कलेज भरतपुर, चितवनमा वर्ष ५४ को डिल बहादुर गुरुङ, वर्ष ५७ को मधु गुरुङको उपचार भइरहेको छ ।
यस्तै तनहुँको आबुखैरेनी अस्पतालमा वर्ष ९२ को रणबहादुर गुरुङ, वर्ष ८५ की द्रोणपती गुरुङ र वर्ष ५८ की पम्फी गुरुङको उपचार भइरहेको छ । घर नजिकैको जङ्गलमा गएर ल्याएको च्याउ आइतबार खाँदा उनीहरू बिरामी भएका हुन् । डिलबहादुरले शनिवार जङ्गलबाट टिपेर च्याउन ल्याएका थिए ।