दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत ३ जुलाईसम्म बढाइयो

२०८१ असार ६, बिहीबार

काठमाडौं : दिल्लीको राउज एभिन्यू अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र विनोद चौहानको न्यायिक हिरासत ३ जुलाईसम्म बढाएको छ।

सीएम केजरीवालको जमानत याचिकामा बुधबार तिहाड जेलबाट भिडियो कन्फरेन्समार्फत सुनुवाइ भएको थियो।

अतिरिक्त सोलिसिटर जनरल एसभी राजुले भने, “हामीले अदालतलाई भन्यौं अरविन्द केजरीवालले पीएमएलए उल्लंघन गरेको बलियो प्रमाण छ। यसमा सरकारी साक्षी मात्र होइन, साक्षीको बयान र अन्य प्रमाणहरू पनि समावेश छन्।”

मार्चमा केजरीवालको गिरफ्तारीको समयमा ईडीले केजरीवाल रक्सी घोटाला मामिलामा मुख्य ‘षड्यन्त्रकारी’ भएको बताएको थियो।

ईडीले केजरीवाललाई १०० करोड रुपैयाँ मागेको आरोप लगाएको छ । तर, यो आरोपमा केजरीवालका वकिल गुप्ताले ईडीबाट नै जवाफ खोज्नुपर्ने बताएका थिए ।

अरविन्द केजरीवाल आम चुनाव अघि पक्राउ परेका थिए । तर, सर्वोच्च अदालतले मे महिनामा चुनावी प्रचारका लागि केजरीवाललाई अन्तरिम जमानत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार