श्री एयरलाइन्सको परीक्षण उडान सफल

२०८१ असार ६, बिहीबार

काठमाडौँ : श्री एयरलाइन्सको काठमाडौँ-भरतपुर परीक्षण उडान सफल भएको छ । आज बिहान काठमाडौँबाट भरतपुर उडान भएको हो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङसहित प्राविधिकहरू लिएर काठमाण्डौँबाट भरतपुर आएको विमान छोटो रनवे भएको भरतपुर विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको श्री एयरलाइन्सले जनाएको छ । एयरलाइन्सका अनुसार उडान परीक्षणका क्रममा कुनै समस्या भएन ।

विमानस्थलको पूर्वतर्फ बनेका घर र ती घरमाथि बनेका संरचनाले विमानस्थल जोखिमपूर्ण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार