नवलपरासी पूर्व : मध्यविन्दु नगरपालिका-८ रानीटारस्थित देवकोटा चोकमा स्थानीय बासिन्दालाई झम्टिँदा गाउँलेले प्रतिकार गर्दा चितुवा मरेको छ ।
चितुवाको आक्रमणमा ६ जना स्थानीय बासिन्दा घाइतेसमेत भएका छन् । गएराति एउटा घरभित्र उक्त चितुवा छिरेको थियो । घरबाट निस्कँदा बाहिर भेला भएका गाउँलेलाई आक्रमण गरेको चितुवा खेतमा बसेको थियो । स्थानीय धनप्रसाद पाण्डेका अनुसार देवकोटा चोकको एक घरमा चितुवा पसेको हो ।
जिल्ला प्रहरी, वन कार्यालयमा चितुवाले आतंक मच्चाएको बारेमा जानकारी गराएको ६ घण्टासम्म पनि उद्धारका लागि कोही नआएपछि गाउँलेले लठ्ठी र ढुंगाले हानेर चितुवा भगाउन खोजेको स्थानीयले जानकारी दिएका छन् ।





