बढ्यो सुनको मूल्य, कति पुग्यो ?

२०८१ असार ७, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १९ सय रूपैयाँले बढेको छ । बिहिबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १९ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार रुपैयाँ कायम भएको छ ।

बिहिबार चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर १८ सय ६५ रूपैयाँ कायम भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार