नयाँ दलले पुराना राजनीतिक दलहरूलाई सम्मान गरेनन् : प्रधानमन्त्री दाहाल

२०८१ असार ७, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको बताएका हुन् ।

उनले ‘पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ’ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्नेगरी काम गरिरहेको जिकिर गरे । उनले जीवनको उत्तर्राद्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार