ट्रकले स्कुटरलाई ठक्कर दिँदा कोटश्वरमा एक जनाको मृत्यु

२०८१ असार ७, शुक्रबार

काठमाडौँ : काठमाडौँको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो । बा३क ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो ।

घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0

ताजा समाचार