आवरणले गर्यो यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपालसंग सहकार्य

२०८१ असार ७, शुक्रबार

काठमाडौँ : दरबारमार्गमा रहेको छाला, सौन्दर्य, कस्मेटिक सर्जरी र कपालको समस्या समाधान गर्ने आवरण स्किन एण्ड हेयर क्लिनिकले आफ्ना ग्राहक बर्गलाई लक्षित गरेर नेपालमै पहिलो पटक आकर्षक स्किम लिएर आएको छ। तेस्रो लिंगी समुदायको साझा संस्था यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ  नेपाल (FSGMN) ले LGBTQ+ समेत आवरण स्किनका सेवामा हातेमालो गर्दै साझेदार बन्ने भएको छ।

बिगत लामो समय देखी सौन्दर्यताको बजारमा सर्बपरिचित भएर काम गरेको आवरण स्किनले आफ्नो सेवा लाई फराकिलो बनाउन बिशेष छुट सहित यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपाल (FSGMN) संग सहकार्य गर्न हस्ताक्षर गएको छ ।

समाजिक रुपमा विभेदमा परेका प्राकृतिक रूपमा फरक भएर जन्मिने यस्तो तेस्रो लिंगी समुदायको सम्मानलाई मध्यनजर गर्दै आवरणले यस्तो गोल्डेन छुट सहितको प्याकेज ल्याएको हो । तेस्रो लिंगी समुदायको समाबेशिता र सशक्तिकरणलाई अर्जुन दृष्टि लगाउदै एक बर्ष लामो समयको विशेष छुटको प्याकेज आवरणले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको महासंघ नेपाल (FSGMN) लाई प्रदान गर्ने भएको हो।

 

एफएसजिएमएन मा आबद्ध सदस्यले आवरणको सेवा सुलभ र सुपथ मुल्यमा सहजै प्राप्त गर्ने भएपछी आफ्नो स्वास्थ्य र सुन्दरतामा बिशेष ध्यान दिने तेस्रो लिंगीमा खुसी छाउने आवरण स्किमको दावी छ । बिगत लामो समय देखि आवरण स्किनले आफ्नो सेवामा बिभिन्न वर्ग,लिंग र समुदायलाई समाबेश गरि आफ्ना ग्राहकलाई बिशेष छुटमा आकर्षक सेवा प्रदान गर्दै आएको छ।

आवरण स्किन एण्ड हेयर क्लिनिक भन्ने बित्तिकै ग्राहक बर्गमा कहिल्यै नमेटिने छाप मन मस्तिष्क र दिल दिमागमा बसेको पाइन्छ। यसको मुख्य कारण मुहार चम्किलो बनाउने देखि छाला सम्बन्धि सम्पूर्ण रोगको उपचार विशषज्ञ डाक्टर रुपक द्वारा गरिदै आएको छ।

द्वारा गरिने भएकाले कलाकार देखि सेलिब्रेटी हुँदै सर्वसाधारण सम्मको पहिलो रोजाइ बन्दै आएको छ। यसकारण आवरणलाई छाला सम्बन्धि नेपालकै सर्वोउत्कृष्ठ मान्न सकिने सेवा ग्राहिको भनाइ छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार