नवलपरासी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
शनिबार नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा धारणा राख्नुहुँदै उनले यस्तो निर्देशन दिएका हुन्। चुनावमा हुने अन्तर्घात हटाउन अहिलेदेखि नै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँट गर्नुपर्ने उनको भनाइ छ। उनले सबै तहमा प्रशिक्षण राखेर राजनीतिको विचार विश्लेषण गर्न आग्रह गर्नुहुँदै पार्टीमा दण्ड र पुरस्कारको थिति कडाइका रूपमा बसाल्ने कुरामा ढुक्क हुन अनुरोध गरे।
‘‘सबै तहमा प्रशिक्षण राखेर राष्ट्रिय राजनीतिको विचार विश्लेषण गर्नुहोस्’’, उनले भने, ‘‘पार्टीमा दण्ड र पुरस्कारको थिति कडाइका रूपमा बसाल्छौँ ढुक्क भएर काम गर्नुहोस्।’’









