सुनको मुल्यमा भारी गिरावट

२०८१ असार ९, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २७ सय रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज २ हजार ७ सय रूपैयाँले घटेर १ लाख ४२ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ६५ रुपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले घटेर १८ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार