डुम्रे-बेसीसहर सडक एकतर्फी खुल्यो

२०८१ असार ९, आईतवार

काठमाडौं : सडकमाथिबाट लेदोसहितको पहिरो खसेर अवरूद्ध भएको डुम्रे-बेसीसहर सडक एकतर्फी सञ्चालनमा आएको छ। आइतबार बिहानदेखि अवरूद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर मेघनाथ चापागाइँले जानकारी दिए।

शनिबारदेखि परेको पानीले बेसीसहर नगरपालिका-१ दलालमा बिहान पहिरो खस्दा यातायात ठप्प भएका थिए। ‘बिहानै सडक विभागको मेसिनले पहिरो पन्छाएपछि अहिले एकतर्फी सञ्चालन हुने व्यवस्था मिलाइएको छ,’ इन्स्पेक्टर चापागाइँले भने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार