विश्वप्रकाशको प्रश्न: गृहमन्त्रीले जिबी राईलाई भगाउन खोजेको हो ?

२०८१ असार ९, आईतवार

काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्रीले सहकारी प्रकरणमा फरार रहेका जिबी राईलाई भगाउन खोजेको हो भन्दै प्रश्न गरेका छन्।

आइतबार प्रतिनिधि सभाकाे आकस्मिक समयमा बोल्दै शर्माले सहकारी प्रकरणमा फरार रहेका राईको लोकेसन पत्ता लाग्यो भनेर गृहमन्त्रीले भन्नु भगाउन खोजेको हो भन्दै प्रश्न गरेका हुन्।

उनले भने, ‘सबैलाई थाहा छ गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार छन् एक जना गृहमन्त्री छन्। सहकारी ठगीमा फरार रहेका व्यवसायिक साथीलाई सहकारी ठगी अनुसन्धानमा रहेका गृहमन्त्रीले गिरफ्तार गर्नु छ। लोकेसन पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटी पन हो वा भगाउने नियत हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार