गृहमन्त्रीलाई सांसद चन्दको प्रश्न: महिलाले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ?

२०८१ असार ९, आईतवार

काठमाडौँ : राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथिको आक्रमणबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेकी छिन।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले महिलाहरु प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? भन्दै प्रश्न गरिन। महिलाहरुले आफ्नो जीवनको अवधिमा करिब करिब ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने उनले धारण राखिन्।

‘छाउपडी गोठमा बसिरहेको किशोरीमाथि आक्रमण भएको छ। यो हाम्रो समाजमा प्रचलित सामाजिक प्रथा हो। प्रजनन अंगमा काल बोकेर, मृत्यु बोकेर कहिलेसम्म हामीले हिँड्ने हो ? हामी महिलाहरु आफ्नो शरीरमा मृत्यु बोकेर हिँड्ने ? यसको जवाफ कसले दिने ? कति पटक छाउपडी गोठको कुरा उठाउनु हुन्छ भन्नुभयो, जबसम्म निर्मूल हुँदैन तबसम्म कुरा उठाउँछौँ। थाक्ने वाला छैनौँ। गृहमन्त्रीज्यूले यहाँ आएर जवाफ दिनुपर्छ। यो धेरै संवेदनशील कुरा छ।’ उनले भनिन्।

उनले छाउपडी गोठको कुरा निर्मूल नभएसम्म उठाइरहने प्रतिबद्धता समेत व्यक्त गरिन्। बनेका ऐन, कानूनहरु कार्यान्वयन हुन नसकेको भन्दै उनले आपत्ति समेत जनाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार