रामेछाप काँग्रेस झडप प्रकरण : १८ जनाविरुद्ध पक्राउ पुर्जी, ३ जना पक्राउ

२०८१ असार ९, आईतवार

काठमाडौँ : नेपाल कांग्रेस रामेछापको दुईवटा समूहको बिचमा भएको झगडामा संलग्न आरोपमा पक्राउ पर्नेको सङ्ख्या ३ पुगेको छ ।

दुई समूहका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ पर्नेमा सुनापति गाउँपालिका–२ घर भएका ५१ वर्षीय जित बहादुर मगर, खाँडादेवी गाउँपालिका–१ घर भएका २७ वर्षीय चन्द्र बहादुर थापा मगर र बिर बहादुर तामाङ छन् । बिर बहादुर तामाङ २९ जेठमा कोटेश्वरबाट पक्राउ परेका हुन् । अरु दुई जनालाई शुक्रबार धुम्बाराहीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले हाम्रोदेशलाई बताए ।

जेठ ५ मा खाँडादेवी गाउँपालिका–७ स्थित गाल्वामा आयोजित जनजातिहरूको जिल्ला अधिवेशनमा जित बहादुर मगर र बिर बहादुर तामाङ समूहबिच झडप भएको थियो । झडपसँगै अधिवेशन हुन सकेनन् । त्यसपछि दुवै समूहले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी दर्ता गराए । जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ । झगडामा एउटा समूहको नेतृत्व बिर बहादुर तामाङ र अर्को समूहको नेतृत्व जित बहादुरले गरेका थिए ।

बिर बहादुर समूह तर्फका १० जना र जित बहादुर तर्फका ८ जनाविरुद्ध रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार