
स्याङ्जा : वालिङ नगरपालिका–८ मिर्दीस्थित सडकमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग.१ ख ६२३७ नम्बरको बसको ठक्करबाट विरूवा गाउँपालिका–६ चिन्नेबास बस्ने ८२ वर्षीय दुर्गा बहादुर थापाको आइतबार दिउँसो मृत्यु भएको छ ।
उक्त बसबाट झरी बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।