सम्पर्कविहीन १३ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

२०८१ असार १०, सोमबार

काठमाडौँ : नेपाल प्रहरी प्रधान कार्यालयले बिना जानकारी अनुपस्थित भएका १३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ।

कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १३ जना कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन भनेको छ।

कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार