
काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ४२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १८ सय १५ रुपैयाँ कायम भएकोमा आज प्रतितोला ५ रूपैयाँले बढेर १८ सय २० रूपैयाँ कायम भएको छ ।