बैकुण्ठ अर्याल योजना आयोगको जगेडामा सरुवा

२०८१ असार १०, सोमबार

काठमाडौं : सरकारले  निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अर्यालले राजीनामा नदिएपछि विशेष पद सृजना गरेर योजना  आयोगमा लैजाने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। ‘ नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँको पद स्वत:निलम्बनमा परेको छ। हाल राष्ट्रिय योजना आयोगमा विशेष पद सृजना गरी सरुवा गर्ने निर्णय भएको छ।’

अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले आइतबार  मुख्यसचिव अर्यालसहित ११ जनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार