झापामा चट्याङ लागेर एक जनाको मृत्यु

२०८१ असार ११, मंगलवार

काठमाडौँ : चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। झापाको कमल गाउँपालिका-२ समईगढका स्थानीय ४६ वर्षीय राजन खड्काको चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार मङ्गलवार बिहान ७ बजेतिर खेतमा ट्याक्टरले जोत्ने क्रममा चट्याङ लागेर घाइते भए। उनलाई उपचारका लागि आम्दा अस्पताल दमक पुर्‍याउँदै गर्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार